मेडिकल काउन्सिलको चुनाव मंसिरमा,उपत्यका र उपत्यकाबाहिर गरी दुई चरणमा हुने
काठमाडौं,११ असोज । नेपाल मेडिकल काउन्सिलको निर्वाचन आगामी मंसिरमा हुने भएको छ । काउन्सिलले आज एक सुचना जारी गर्दै उक्त जानकारी गराएको हो ।
काउन्सिलको निर्वाचन काठमाडौं उपत्यका र उपत्यकाबाहिर गरी दुई चरणमा हुने भएको छ । निर्वाचन कार्यतालिका अनुसार उपत्यकाबाहिर मंसिर ३ र ४ गते मतदान हुने र काठमाडौं उपत्यकामा भने मंसिर १० र ११ गते मतदान हुने भएको छ ।
मतदान बिहान १० देखि ४ बजेसम्म हुने छ । मंसिर १२ गतेबाट मतगणना सुरु हुने कार्यतालिका छ । असोज २४ गते मतदाता नामावलीमा दाबी विरोध गर्ने समय तोकिएको छ ।
काउन्सिलले उपाध्यक्ष पदमा एकजना र सदस्य पदमा ८ जनाको निर्वाचन गर्न लागेको हो ।
Last modified on 2021-09-27 16:52:44