चीनमा एमबीबीएस पूरा गरेर इन्टर्नसीप गर्न नपाएकालाई नेपालमै इन्टर्नसीप मिलाउन निर्देशन



Download our app to get more features

काठमाडौं, ११ असोज ।  संसदको शिक्षा तथा स्वास्थ्य समितिले चीनमा अध्ययन पुरा गरी कोभिडका कारण इन्टर्नसीप पुरा गर्न नपाएका विद्यार्थीलाई नेपालमै इन्टर्नसीप गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

आइतवार बसेको समितिको बैठकले सन् २०१५ र २०१६ ब्याचका विद्यार्थीहरुलाई नेपालमै इन्टर्नशीपको व्यवस्था मिलाउन नेपाल मेडिकल काउन्सिललाई निर्देशन दिएको हो ।

शिक्षा सचिव रामप्रसाद थपलिया र सहसचिव डा. हरिप्रसाद लम्साललाई बोलाइएको बैठकमा समिति सभापति जयपुरी घर्तीले सन् २०१४ औँ ब्याचका विद्यार्थीलाई दिएको जस्तै अवसर सन् २०१५ र २०१६ ब्याचका विद्यार्थीलाई पनि मिलाउन निर्देशन दिईन् ।

चीनमा एमबीबीएस पढी इन्टर्नसीप गर्न नपाएका सन् २०१४ व्याचका १ सय ६५ जना एमबीबीएसका विद्यार्थीलाई काउन्सिलले एक पटकका लागि भन्दै इन्टर्नसीपको व्यवस्था मिलाउने भएको छ ।

सन् २०१४ व्याचका विद्यार्थीले स्वदेशमै इन्टर्नसीपको सुविधा पाएपछि सन् २०१५ र २०१६ व्याचका विद्यार्थीले पनि नेपालमै सो सुविधा पाउनुपर्ने भन्दै आन्दोलन गरिरहेका छन् ।

यस्तै समितिले चीनमा अध्ययन गर्न गएका विद्यार्थीहरु कोरोना महामारीका कारणले नेपालमा आई अनलाइन पढीरहेको अवस्थामा सरकारले चीनसँग कुटनीतिक पहल गरी त्यसतर्फ पठाउन पहल गर्न समेत निर्देशन दिएको हो ।

Last modified on 2021-09-27 11:54:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts