पोखराको मणिपाल मेडिकल कलेज सुटुक्कै किनबेच गर्न लागिएपछि विरोधमा उत्रिए सांसदहरु



Download our app to get more features

काठमाडौं, १० असोज ।  पोखरास्थित मणिपाल मेडिकल कलेजको किनबेच रोक्नुपर्ने प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरूले बताएका छन् ।

आइतबार बसेको बैठकमा सहभागी भएका सांसदले मणिपाल शिक्षण अस्पताल स्वतः सरकारको रहेको भन्दै किनबेच हुनबाट रोक्नुपर्ने बताएका छन् ।

सांसदहरुले अहिले मणिपाल शिक्षण अस्पताल निजी क्षेत्रलाई दिन लागिएकोमा आफूहरु त्यो सहन नसक्ने पनि बताएका छन् । सांसदहरुले कुनै पनि हालतमा उक्त अस्पातल सरकारको नाममा ल्याउनुपर्ने माग राखेका छन् ।

सरकारसँग सम्झौता गरेर भारतको मणिपाल एजुकेशन एण्ड मेडिकल ग्रुपले मेडिकल कलेज संचालन गर्दै आएको छ । र, दुई देशबीच कलेजको स्वामित्व ४९ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ ।

इ.स. १९९२ मा मणिपाल गुप्र र शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रालयबीच नेपालमा मेडिकल कलेज संचालन गर्ने सम्झौता भएको थियो । सम्झौताअुनसार सन् २०४४ भित्र यो अस्पताल सरकारलाई हस्तान्तरण गर्नुपर्ने उल्लेख छ ।

सम्झौता सकिन अझैँ २३ वर्ष बाँकी छ । तर, सम्झौताको मसी नसुक्दे मणिपाल ग्रुपले सरकार पक्षलाई थाहै नदिई बिक्री गर्न लागे पछि त्यसविरुद्ध सांसदहरु उत्रिएका छन् ।

अहिले पोखराकै केही व्यवसायीहरू मेडिकल कलेज किनेर निजी बनाउन लागेको भन्ने सुनेपछि सांसदहरु त्यसको विरोधमा उत्रिएका हुन् ।

सांसदहरुसँगै समितिको बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया र सहसचिव हरिप्रसाद लम्साल उपस्थित थिए । सांसदहरुले अस्पताल किनबेच हुन लागेको हो भन्ने उनीहरु दुवैले कम्पनी ऐनअनुसार कलेज खरिद विक्रि हुने प्रावधान रहेकाले मन्त्रालयलाई थाहा नहुने जवाफ दिएका छन् ।

बैठकमा पूर्वशिक्षा मन्त्री तथा सांसद गिरिराजमणि पोखरेलले मणिपाल शिक्षण अस्पताल बेच्ने लागिएको सन्दर्भमा कुनै पनि अवस्थामा किनबेच रोक्नुपर्ने बताएका छन् । शिक्षा मन्त्रालय, उद्योग मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच समन्वय गरेर उक्त कार्य रोक्नुपर्ने उनले बताए ।

विदेशी लगानी प्रवर्द्धन गर्ने काम सरकारको रहेको भन्दै मेडिकल कलेज निजी कम्पनीलाई बेच्नबाट नमिल्ने बताए ।

सांसद मानबहादुर विश्वकर्माले मेडिकल कलेज किनबेच हुँदा शिक्षा मन्त्रालय चुपचाप बस्नु गम्भीर रहेको बताए । यदि, मणिपाल गुप्रले अस्पताल चलाउन नसकेको अवस्थामा मेडिकल कलेज सरकारलाईलाई हस्तान्तरण गर्नुपर्ने उनको भनाइ छ ।

चीनमा एमबीबीएस गरेकालाई इन्टर्नसिपको व्यवस्था गर्न माग
यसैगरी समितिको बैठकले चीनमा एमबीबीएस गरेका विद्यार्थीलाई इन्टर्नसीपका लागि चीन पठाउन कुटनीतिक पहल गर्न वा नेपालमै इन्टर्नसीप गराउन पनि निर्देशन दिएको छ ।

सन् २०१५ र सन् २०१६ मा चीनमा एमबीबीएस अध्ययन गरेका विद्यार्थी कोरोना महामारीका कारण स्वदेश फर्किएपछि इन्टर्नसीप गर्न नपाएकाले त्यसको व्यवस्था चाँडो गर्न सांसदहरुको निर्देशन दिएका छन् ।

यसका लागि विद्यार्थीहरुलार्ए इन्टर्नसीप गर्न चीन पठाउन वा नेपालमै नेपाल मेडिकल काउन्सिलले इन्टर्नसीपको व्यवस्था गर्नुपर्ने उनीहरको माग छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts