कार्डसनद्वारा विभिन्न जिल्लाका ४ अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान



Download our app to get more features

काठमाडौं, १० असोज । नुवाकोटको एक गैरसरकारी संस्था सामुदायिक तथा ग्रामीण विकास समाज नेपाल (कार्डसन)ले जापान पेलेटफर्मको आर्थिक सहयोगमा साझेदार संस्था एस भिए जापानद्वारा विभिन्न जिल्लाका ४ अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कार्डसनले धादिङ र नुवाकोटको जिल्ला अस्पताल र नुवाकोटको खरानीटार अस्पताल तथा शिवपुरी आधारभूत अस्पताल गरि ४ वटा अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरेको हो । धादिङ जिल्ला अस्पताल र नुवाकोटको त्रिशूली अस्पताललाई आईसियुू बेड भेन्टिलेटर लगायतका मेडिकल सामाग्रीहरु प्रदान गरेको हो ।

धादिङको जिल्ला अस्पताललाई ४५ लाख ३६ हजार ८ सय ७३ रुपैयाँ बराबरको स्वास्थ्यसामग्रीहरु र नुवाकोटको त्रिशुली अस्पताललाई ४२ लाख ९८ हजार २ सय ७९ रुपैयाँ बराबरको स्वास्थ्यसामग्रीहरु प्रदान गरेको कार्डसनले जनाएको छ ।

धादिङ अस्पतालमा असोज ७ गते एक कार्यक्रमकाबीच कार्डसनका अध्यक्ष पदम उप्रेती, उपाध्यक्ष बच्चुमाया मगर, एसभिए जापानको नेपालका लागि कन्ट्रिडाईरेक्टर टाका प्रोगाम संयोजक विनोद गुरुङले अस्पतालका अध्यक्ष महेन्द्र धमलालाई स्वास्थ्यसामग्रीहरु प्रदान गरेका थिए । अस्पतालका अध्यक्ष धमलाले सहयोग गर्ने संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा पनि संस्थालाई सहयोग गर्न आग्रह गरेका थिए ।

त्यसैगरी असोज ७ गते त्रिशूली अस्पतालमा पनि एक कार्यक्रमकाबीच विदुर नगरपालिका मेयर सञ्जु पण्डितको प्रमुख आतिथ्यतामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख सञ्जु पण्डितले संस्थाले दिएको मेडिकल सामाग्रीले जिल्लावासीलाई उपचार तथा सेवा लिन सहज हुने बताउँदै सहयोग गर्ने संस्थालाई धन्यवाद दिएका थिए । नुवाकोटको त्रिशुली अस्पतालका अध्यक्ष अर्जुन न्यौपानेले मेडिकल सामाग्री दिने संस्थालाई धन्यवाद दिँदै अहिले त्रिशुली अस्पताल नेपाल भरिकै राम्रो सेवा दिने र राम्रो अस्पताल रहेको बताए । त्रिशुली अस्पतालका मेसु दिपेन्द्र पाण्डेले सहयोग गर्ने संस्थालाई धन्यवाद दिएका थिए ।

त्यस्तै, असोज ८ गते नुवाकोटको तादि गाउँपालिकाको खरानीटार अस्पताललाई पनि संस्थाले मेडिकल सामाग्री हस्तान्तरण गरेको थियो । तादि गाउँपालिकाको खरानीटार अस्पताललाई आईसियू बेड लगाएत मेडिकल सामाग्रीहरु प्रदान गरको थियो । खरानिटार अस्पताललाई २२ लाख ९० हजार ९ सय ३० रूपैयाँ बराबरको स्वास्थ्यसामग्रीहरु हस्तान्तरण गरेको संस्थाले जानकारी दिएको छ ।

तादि गाउँपालिका अध्यक्ष नारायण पाण्डेको उपस्थितिमा अस्पताललाई मेडिकल सामाग्री हस्तान्तरण गरेको थियो। गाउँपालिका अध्यक्ष पाण्डेले हस्पिटलमा दिएको मेडिकल सामाग्रीले गाउँवासीहरुलाई सेवा दिन सहज हुने र आगामी दिनमा पनि सहयोग गर्ने संस्थालाई आग्रह गर्दै धन्यवाद दिएका थिए ।

त्यस्तै, शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई १७ लाख ७७ हजार १ सय १५ रुपैयाँ बराबारको आईसियु बेड लगाएतको मेडिकल सामाग्री प्रदान गरेको छ । शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यतामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । गाउँपालिका अध्यक्ष थापाले संस्थाले दिएको मेडिकल सामाग्रीले यो कोरोना भाइरस कोभिड १९ महामारीको समयमा गाउँपालिकावासीहरुका लागि सेवा दिन सहज हुने र संस्थाको सहकार्यमा आगामी दिनमा पनि सहकार्य र सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा एस भिए जापानको नेपालका लागि कन्ट्रिडाईरेक्टर टाकाले सहयोग गरेको स्वास्थ्य सामाग्री अहिले देखि नै अस्पतालमा सहि प्रयोग भएकोमा खुसि व्यक्त गरे । कार्डसन नुवाकोटका अध्यक्ष पदम उप्रेतीले अस्पताललाई दिएको स्वास्थ्य सामाग्रीले शिवपुरीकाे नागरिकहरुलाई सेवा लिन सहज भईरहेको र कार्डसनले विभिन्न समयमा शिवपुरीमा सामाजिक सेवाका कामहरु गरिरहेको बताए ।

साथै उनले सधैं समृद्ध शिवपुरीको लागि आफू लागि रहने बताए । कार्यक्रममा शिवपुरी आधारभुत अस्पतालका मेडिकल अधिकृत डा रंजिश परसैलाले संस्थाले दिएको सामाग्री सहि सदुपयोग हुने भन्दै संस्थालाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा शिवपुरी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ज्ञानेन्द्र प्रसाद भट्ट, स्वास्थय शाखा प्रमुख उदब कार्की शिवपुरी वडा नम्बर ६ का जनप्रतिनिधि ज्ञान बहादुर तामाङ वडा नम्बर ४ का सन्तोष थापा कार्डसनका उपाध्यक्ष बच्चुमाया मगर एस भिए जापानको नेपालको प्रोगाम कोअडिनेटर बिनोद गुरुङ , नेपाल पत्रकार महासंघ नुवाकोटका सदस्य तथा गजवको रेडियो नुवाकोटका हरिराम भेटुवाल स्थानीयवासी, समाजसेवीको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन कार्डसनका प्रोगाम कोअडिनेटर विशाल गौतमले सञ्चालन गरेका थिए।

Last modified on 2021-09-27 07:17:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts