कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण



Download our app to get more features

काठमाडौं, १० असोज । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । 

 उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा आफू कोरोना पोजिटिभ देखिएको उल्लेख गरेका छन्। 

उनले लेखेका छन्, ‘८ गते ४ बजेदेखि ज्वरो खोकी सुरु भएको, आज १० गते एन्टिजेन र पिसिआर परीक्षण गराउँदा दुवैमा पोजेटिभ। धेरै सतर्कताका वावजुद अन्ततः कोभिडले घेरी छोड्यो।’

उनले ८ गते ४ बजेसम्म आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

Last modified on 2021-09-27 07:18:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts