धनगढीको नवजीवन अस्पतालमा सुत्केरीको मृत्युपछि तनाव
धनगढी, १० असोज । धनगढीको नवजीवन अस्पतालमा सुत्केरीको मृत्युपछि तनाव उत्पन्न भएको छ ।
डोटीको शिखर नगरपालिका –६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्यु भएको हो । उनका आफन्तले डाक्टरको लापरबाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको यथेस्ट कारण खुलाउन भन्दै अस्पताल घेराउ गरेका छन् ।
कल्पनाले जन्म दिएको बच्चा एनआईसीयूमा रहेको अस्पतालले जनाएको छ । अस्पतालमा सुरक्षाका लागि प्रहरी परिचालन समेत गरिएको छ । थप विवरण आउन भने बाँकी छ ।
Last modified on 2021-09-26 11:05:14