त्रिवि शिक्षण अस्पतालमा छैटौँ पटक सफल कलेजो प्रत्यारोण
काठमाडौं, ९ असोज । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छैटौँ कलेजो प्रत्यारोण सफल रुपमा गरिएको छ ।
एक जना ३६ वर्षीय पुरुषको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको अस्पतालका लिभर प्याणक्रियाज सर्जन डक्टर रमेश सिंह भण्डारीले जानकारी दिए । ती पुरुषलाई उनकै ३१ वर्षीय श्रीमतीले कलेजो दिएकी हुन् ।
प्रत्यारोपणमा सघाउन यसपटक भारतको फोर्टिस अस्पतालका डक्टर विजय भिजको टोली शिक्षण अस्पताल आएको थियो ।
शिक्षण अस्पतालमा यसअघि पाँच वटा कलेजो प्रत्यारोपण सफल इैसकेको छ ।
अस्पतालमा डाक्टर रमेश सिंह भण्डारीकै पहलमा कलेजो प्रत्यारोपण सुरु भएको हो ।