शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा.पुकारचन्द्र श्रेष्ठ
काठमाडौं, ७ असोज । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. पुकारचन्द्र श्रेष्ठ नियुक्त छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
प्रत्यारोपण केन्द्रका संस्थापक कार्यकारी निर्देशक रहेका प्रत्यारोपणविज्ञ डा. श्रेष्ठले यसअघि दुई कार्यकाल बिताइसेका छन् । आज नियुक्तीपत्र बुझेका श्रेष्ठले आज नै अस्पताल पुगेर जिम्मेवारी सम्हाल्ने बताएका छन् ।
गतवर्ष केपी ओली नेतृत्वको सरकारले डा. श्रेष्ठलाई प्रत्यारोपण केन्द्रको निर्देशकबाट हटाई त्रिवि शिक्षण अस्पतालका डा. प्रेमराज ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेके थियो । वर्तमान सरकारले १ असोजमा डा. ज्ञवालीलाई कार्यकारी निर्देशकबाट जिम्मेवारी मुक्तगरी त्रिवि शिक्षण अस्पतालमा फिर्ता गरेको छ ।त्यसपछि रिक्त भएको सो पदमा पुन डा. श्रेष्ठ नियुक्त भएका हुन् ।
वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणको सुरुवात गर्ने देखि नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरुवात गर्ने डाक्टरको रुपमा चिनिन्छ ।