एकैदिन १ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप,थप १३ जनाको मृत्यु
काठमाडौं, ७ असोज । नेपालमा थप १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १३ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ७२ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ७ सय ४३ रहेको छ । जसमा १९ हजार ४ सय ३७ जना होम आइसोलेसनमा छन् भने १ हजार ३ सय ६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
त्यस्तै सक्रिय संक्रमितमध्ये ३ सय ४० जना आईसीयूमा उपचाररत छन् भने १ सय ११ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।
त्यस्तै गत २४ घन्टामा देशभर १ लाख ३८ हजार ३ सय ८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन । योसँगै कोरोना विरुद्धको दुबै डोजको खोप लगाउने संख्या ५८ लाख ६० हजार ९ सय २९ पुगेको छ ।
Last modified on 2021-09-24 10:30:00