सोलुखुम्बुमा २८ सय विद्यार्थीले लगाए कोरोना खोप
सोलुखुम्बु, ७ असोज । सोलुखुम्बुमा २ हजार ८ सय विद्यार्थीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले अनुसार जिल्लाका ८ वटै स्थानीय तहमा २ हजार ८ सय ६३ जना विद्यार्थीले खोप लगाएको जनाएको हो ।
सोलुदूधकुण्ड नगरपालिकाका १ हजार २७५, सोताङ गाउँपालिकाका ३ सय, माप्य दूधकोशीका ४ सय १०, महाकुलुङका १ सय ८८, खुम्बु पासाङल्हामूका १ सय, थुलुङ दूधकोशीका २ सय ५५, नेचासल्यानका २ सय ८५ र लिखुपिके गाउँपालिकाका ५० जना विद्यार्थीले खोप लगाएका हुन् ।
१८ वर्ष माथिका विद्यार्थीलाई एस्टाजेनेका खोप लगाइएको छ । विद्यार्थीका लागि खोप अभियान भदौ २० देखि २५ गतेसम्म सञ्चालन गरिएको थियो ।