भान्सामा नियमित प्रयोग हुने 'बेसार' अल्जाइमर्सदेखि तनाव कम गर्नसम्म उपयोगी
बेसार एक यस्तो तत्त्व हो जुन स्वास्थ्यका लागि धेरै नै फाइदाजनक मानिन्छ । यो दैनिक जीवनमा मसालाको रुपमा मात्रै प्रयोग हुने तत्त्व होइन, यसमा अन्य कैयौं प्रकारका औषधिय गुण पनि पर्याप्त मात्रामा पाइन्छ ।
बेसारको प्रयोग खानु बाहेक विभिन्न रोगहरुमा राहत दिलाउनका लागि पनि गर्ने गरिन्छ । नियमित बेसारको सेवन गर्नाले हाम्रो शरीरको स्वास्थ्यका लागि फाइदा पुग्नुका साथै नियमित बेसारको सेवन गर्नाले स्मरणशक्ति पनि राम्रो हुन्छ र मानिसलाई ताजा बनाइराख्छ ।
अल्जाइमर्ससँग लड्नमा मद्दत गर्छ
बेसारमा पाइने ‘करक्यूमिन’ मा अक्सीकरण–रोधी गुण हुन्छ । करक्यूमिन समावेश भएको आहारले विशेषगरी वृद्धवृद्धाहरुमा अल्जाइमर्सको खतरालाई कम गराउँछ । नियमित रुपमा बेसार प्रयोग गर्नेहरुको स्मरणशक्ति पनि तुलनात्मक रूपले राम्रो हुन्छ । लस ऐन्जलसको यूनिभर्सिटी अफ क्यालिफोर्नियाको एक अध्ययन अनुसार करक्यूमिनले आफ्नो असर देखाउँछ, यसमा दिमागी उत्तेजनालाई कम गर्ने गुण छ । जसलाई अल्जाइमर्स रोग र तनावसँग जोडिएको छ ।
रगत सफा गर्छ
शरीरमा भएको विषाक्त तत्त्व निकाल्न र रगत सफा गर्न र रक्तशुद्धिका लागि बेसारको जुस निकै नै लाभकारी मानिएको छ । यो बनाउनका लागि काँचो बेसारको टुक्रा वा धूलो, कागतीको रस र नुन चाहिन्छ । आधा कागती निचोडेर त्यसमा बेसार नुन राखेर राम्रोसँग मिसाउने । त्यसपछि आवश्यकता अनुसार पानी मिसाउने र सेवन गर्ने गर्नुपर्छ ।
मस्तिष्क सम्बन्धी रोग हुन्छ टाढा
बेसारले मस्तिष्कमा एक यस्तो प्रोटीनलाई बन्नबाट रोक्छ जसले स्मरणशक्तिलाई नोक्सान पुर्याउँछ ।
राम्रो बनाउँछ रक्त सञ्चार
भारतको केजीएमयूका फिजियोलोजी विभागका डक्टर नरसिंह वर्माका अनुसार बेसारले रगत शुद्ध गर्ने तत्व मानिन्छ । यसले शरीरमा रक्त सञ्चारलाई बलियो बनाउँछ । बेसारमा पाइने करक्यूमिनले अल्जाइमरको खतरा कम गर्छ । नियमित बेसार खानाले स्मरणशक्ति पनि राम्रो हुन्छ ।
मधुमेह कम गर्न
वेसारको सेवन गर्नाले मधुमेहको खतरा कम हुन्छ । बेसारले शरीरमा भएको बोसो कम गर्न मद्दत गर्छ ।
जोर्नीको दुखाईमा राहत
बेसारको सेवनले यदि तपाईंको जोर्नीमा दुखाई छ भने त्यसमा राहत दिलाउँछ । यसको सेवनले जोर्नीमा भएको दुखाई र सुन्निने समस्यामा पनि राहत दिलाउने अध्ययनमा दावी गरिएको छ ।
(बीबीसी फूड)