स्वास्थ्य बीमा बोर्डले सबै स्थानिय तहमा स्वास्थ्य बीमा संयोजन समिति बनाउने



Download our app to get more features

काठमाडौं, ६ असोज । स्वास्थ्य बीमा बोर्डले सबै स्थानिय तहमा स्वास्थ्य बीमा संयोजन समिति बनाउने भएको छ । 

बोर्डका प्रवक्ता डा.माधव लम्सालले ७ वटै प्रदेश र ७ सय ५३ वटै स्थानिय तहमा स्वास्थ्य बीमा संयोजन समिति बनाउन लागिएको बताए । 

उनले सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्वास्थ्य बीमा संयोजन समिति कार्यक्रम ल्याउन लागेको हाम्रो डक्टर न्यूजलाई बताए । 

त्यस्तै ७ वटै प्रदेशमा नमूना पालिका घोषणा गर्ने, बीमीत हुनका लागि अनलाइनबाटै फर्म भर्न सकिने र सेवाग्राहीहरुले सेवा लिएबापत भएको खर्च नागरिक एपमार्फत हेर्न सकिने जस्ता कार्यक्रमहरु पनि ल्याउन लागिएको उनले बताए । 

सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले कैलाली, इलाम र बागलुङसहित तीन जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम सुरू गरेको थियो । हालसम्म देशभरका ललिपुर र काठमाडौं बाहेक ७५ जिल्लामा बीमा कार्यक्रम लागू भइसकेको छ ।

Last modified on 2021-09-22 16:57:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts