पीसीआर मेसिन छ तर चलाउन अनुमति छैन, परीक्षण गर्न बाहिर जानुपर्ने बाध्यता



Download our app to get more features

सोलुखुम्बु, ६ असोज । सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ भकान्जेमा राखिएको पीसीआर मेसिन सञ्चालन अनुमति प्राप्त नहुँदा समस्या भएको छ । गत आर्थिक वर्षको साउन महिनामा पीसीआर मेसिन खरिद गरिएको भएपनि अनुमति प्राप्त नहुँदा समस्या भएको हो ।

लिखुहाइड्रो पावरको करिब ४५ लाख लगानीमा खरिद गरिएको मेसिन सञ्चालन अनुमति नहुँदा हाईड्रोका कर्मचारी लगायत विभिन्न संघ–संस्थाका  कर्मचारी लगायत विद्यार्थीहरुलाई परीक्षणको लागि बाहिर जानुपर्ने बाध्यता रहेको हाइड्रो पावरका प्रतिनिधि इन्द्रजित कार्कीले हाम्रो डाक्टरलाई जानकारी दिए । 

कागजपत्रसहित सम्पुर्ण प्रक्रिया पुर्‍याइ स्वास्थ्य मन्त्रालयमा पेश गरेपनि मन्त्रालयले कुनै चासो नदिएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले बताए । गाउँपालिकामा पीसीआर मेसिन राखेर पीसीआर गर्न सहज भएता पनि अनुमति भएपछि समस्या भएको स्थानीयले गुनासो गरे ।

Last modified on 2021-09-22 08:59:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts