चितवनमा फार्मेसी संघको कार्यशाला, विश्व फर्मासिस्ट दिवसमा विभिन्न कार्यक्रम हुने



Download our app to get more features

चितवन, ३ असोज । चितवनमा गुड फार्मेसी प्राक्टिस् ‘जिपीपी’ अर्थात् ‘असल फार्मेसी अभ्यास’ सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । नेपाल फार्मेसी संघ चितवन शाखाको आयोजनामा आइतवार भरतपुरमा सो कार्यशाला सम्पन्न भएको हो ।

कार्यक्रमका फार्मेसीमा असल अभ्यास कसरी गर्ने । बिरामीको उपचारमा फर्मासिष्टको कस्तो भूमिका रहन्छ ? असल फार्मेसी अभ्यासका उदाहरण, त्यसका फाइदाहरू, औषधि सम्बन्धी परामर्श गर्दा ध्यान दिनुपर्ने कुराहरू । अस्पताल र सामुदायिक फार्मेसीमा फर्मासिष्टको कस्तो भूमिका रहन्छ ? कोरोना महामारी तथा अन्य सरूवा रोग नियन्त्रणमा फार्मेसी जनशक्तिले खेल्नुपर्ने भूमिका लगायतका विषयमा द्वय वरिष्ठ फर्मासिष्ट सफीउर रहमान अन्सारी र फर्मासिष्ट रमेश पौडेलले सहजीकरण गरेका थियो ।

संघका चितवन शाखाका अध्यक्ष फर्मासिष्ट विनोद पन्तको अध्यक्षता एवम् भरतपुरस्थित बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका वरिष्ठ कन्सलटेण्ड सर्जन डा.गंगा सापकोटाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा संघका केन्द्रीय महासचिव युवराज भुषाल, श्री मेडिकल एण्ड टेक्निकल कलेज, भरतपुरका प्राचार्य नन्दकिशोर भट्ट, संघका केन्द्रिय सदस्य अजामिन ढकाललगायत विभिन्न अस्पताल फार्मेसी तथा सामुदायिक फार्मेसीमा कार्यरत फर्मासिष्ट र सहायक फर्मासिष्ट गरी झन्डै पचास जनाको सहभागिता रहेको संघका सचिव प्रभात पौडेलले जानकारी दिए ।

विश्व फर्मासिस्ट दिवसमा विभिन्न कार्यक्रम हुने

यसैबिच सेप्टेम्बर २५ अर्थात विश्व फर्मासिस्ट दिवसको अवसर पारी नेपाल फार्मेसी संघ चितवनले विभिन्न कार्यक्रमको आयोजन गरेको संघका सदस्य सुशील सिग्देलले जानकारी दिए । 

फार्मेसी व्यवसायका सम्भावना तथा चुनौती विषयक अन्तरक्रियात्मक कार्यक्रम, व्यवसायीक तालिम एवम् प्रभातफेरी लगायतका विभिन्न कार्यक्रम रहने उनले बताए । कार्यक्रममा औषधि व्यवस्था विभागको महानिर्देशक नारायण ढकाल, नेपाल फार्मेसी परिषद्को प्रतिनिधि लगायतको समेत सहभागिता रहने संघले जनाएको छ ।

Last modified on 2021-09-19 22:32:58

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts