नेपालमा ३.१० प्रतिशत सक्रिय संक्रमित,थप १२ जनाको मृत्यु 



Download our app to get more features

काठमाडौं, ३ असोज । नेपालमा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १२ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ४० पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ३ सय १३ रहेको छ । जसमा २२ हजार ८ सय ६४ जना होम आइसोलेसनमा छन् भने १ हजार ४ सय ४९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

त्यस्तै देशभर हाल ११वटा जिल्लामा कोरोनाका ५ सय बढी सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ४ सय ९० जना आईसीयूमा उपचाररत छन् भने १ सय १७ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।

त्यस्तै गत २४ घन्टामा देशभर २१ हजार ३ सय ६० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन । योसँगै कोरोना विरुद्धको दुबै डोजको खोप लगाउने संख्या ५५ लाख ७८ हजार ८ सय ६५ पुगेको छ । 
 

Last modified on 2021-09-20 13:45:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts