ब्रेसेस एण्ड फेसेसको सिङ्गल भिजिट रुट क्यानल ट्रिटमेन्ट कार्यक्रम
काठमाडौं, ३ असोज । ब्रेसेस एण्ड फेसेस डेन्टल क्लिनीकले सिङ्गल भिजिट रुट क्यानल ट्रिटमेन्ट कार्यक्रम सम्पन्न गरेको छ ।
क्लिनीकले भर्चुअल माध्यमबाट कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा ब्रेसेस एण्ड फेसेसको डा.निशा आर्चायले सिङ्गल भिजिट रुट क्यानल ट्रिटमेन्टको बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
कार्यपत्रमाथि छलफल भएको थियो । त्यस्तै सिङ्गल भिजिट रुट क्यानल ट्रिटमेन्टमा आएका समस्या साथै त्यस्ता समस्याहरुको समाधान कसरी गर्ने र पछिल्लो समय विकाश हुँदै गएको प्रविधिले कसरी उपचार गर्ने भन्ने विषयमा छलफल भएको थियो ।
कार्यक्रममा नेपाल लगायत अन्य मुलुकका २ सय २५ जना डाक्टरहरुको सहभागीता रहेको थियो ।
Last modified on 2021-09-19 15:12:25