वीर अस्पतालका छाती रोग विशेषज्ञ डा. अशेष ढुंगानाले  पदक नलिने



Download our app to get more features

काठमाडौं, ३ असोज । वीर अस्पतालका छाती रोग विशेषज्ञ डा. अशेष ढुंगानाले संविधान दिवसको अवसरमा विभूषित गरिने पदक अस्वीकार गर्ने उद्‍घोष गरेका छन्। 

सरकारले उनलाई प्रवल जनसेवाश्री पदकद्वारा विभूषित गरेको थियो। तर, उनले मापदण्डविपरीत पदक दिइएको भन्दै अस्विकार गरेका हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई दिएको पुरस्कार र विभूषण सिफारिस कार्यविधि एवं प्रधान सम्वन्धी मापदण्ड २०७५ पोष्ट गर्दै अस्विकार गर्नुको कारण खुलाएका छन्।

‘पदक दिँदा विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड २०७५ अनुसार नेपाल सरकार निजामती कर्मचारको तहर श्रेणी साथै मेरो शैक्षिक पद (सहप्राध्यापक)सरह नमिलेको हुनाले सहर्ष अस्वीकार गरेको घोषणा गर्दछु।’, डा ढुंगानाले भनेका छन्।

 आइन्दा यस्तो पदक दिँदा विवादरहित बनाउनसमेत उनको अनुरोध छ।

Last modified on 2021-09-19 17:00:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts