यो वर्षको अन्तिम सम्ममा सबैलाई खोप लगाउने : प्रधानमन्त्री देउवा



Download our app to get more features

 काडमाडौं, ३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले यो वर्षको अन्तसम्म सबैलाई खोप पुर्‍याउने बताएका छन्। ७ औं संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित सभामा प्रधानमन्त्री देउवाले खोप लगाउन योग्य नागरिकलाई खोप दिइने बताए। आफू नेतृत्वको सरकारको जोड कोभिड १९ विरुद्धको खोप रहेको देउवाको भनाई छ।

देउवाले कोभिड १९ संक्रमणको जोखिमबाट बचाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे। संविधानले नागरिकको आकांक्षा र भविष्‍यलाई एकाकार गरेको देउवाको भनाई छ। 'यस संविधानको सफल कार्यान्वयनबाट मुलुकको सम्वृद्धि र नागरिकको मुहारमा स्थायी खुसी ल्याउने हाम्रो लक्ष्य हो,' देउवाले भने। 
 

Last modified on 2021-09-19 17:00:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts