लायन्स क्लबले गर्याे रक्तदान तथा मधुमेह परीक्षण कार्यक्रम

What's This?


Download our app to get more features

काठमाडौं, २ असोज । लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ बी २ नेपाल एरिया नं. १ काठमाडौंले उपत्यकाको तीनवटै जिल्लामा मधुमेह परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ बी २ नेपाल एरिया नं. १ काठमाडौंको संयोजनमा शनिबार उपत्यकाको विभिन्न ठाउँमा मधुमेह परीक्षण तथा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । शनिबार उपत्यकाको विभिन्न ठाउँमा गरिएको रक्तदान कार्यक्रमबाट करिब ३ सय पिन्ट रगत संकलन र १ सय ५ जनाको मधुमेह परीक्षण गरिएको लायन्स क्लब अफ काठमाडौं न्यू गौतम बुद्धका चार्टर प्रेसिडेन्ट लायन ज्ञानहरि ढकालले जानकारी दिए ।

लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ बी २ नेपाल एरिया नं. १ काठमाडौंले आयोजना गरेको उक्त कार्यक्रममा अन्य विभिन्न लायन्स कल्वहरु, नेपाल रेडक्रस सोसाईटी, मध्यपुर अस्पताल भक्तपुर, अक्षरिका स्कूल गोठाटार, हरिबोल फार्मेशी फर्निचर वन, नेचर्स सुपरमार्ट, नव सिर्जनशिल युवा कल्व, कागेश्वरी ओपन स्काउट, मालिका सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लि., म्याक्स फर्मा प्रा.लि., रियायन्स फाईनान्स लि., उर्जा सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लि. ले समेत व्यवस्थापकीय सहयोग गरेको ‌लायन्स क्लब अफ काठमाण्डु युनाइटेड सेन्ट्रलका प्रिसिडेण्ट लायन्स रोसन कुमार श्रेष्ठले बताए ।

शनिबार अयोजना गरिएको मधुमेह परीक्षण तथा रक्तदान कार्यक्रममा उपत्यकाको भक्तपुरबाट ८० पिन्ट रगत, काठमाडौंबाट ५१ पिन्ट र १ सय ५ जनाको मधुमेह परिक्षण गरिएको थियो । त्यस्तै, ललितपुर टंगालबाट ६२ पिन्ट रगत, जावलाखेल ललितपुरबाट ५१ पिन्ट रगत र पुल्चोक ललितपुरबाट ५० पिन्ट रगत गरि जम्मा २ सय ९३ पिन्ट रगत संकलन गरिएको एरिया सेक्रेटरी लायन हरि मैनालीले जानकारी दिए ।

Last modified on 2021-09-19 10:06:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts