असोज ४ गतेदेखि काठमाडौंमा भेरोसेलको दोस्रो डोज लगाइने



Download our app to get more features

काठमाडौं, १ असोज । असोज ४ गतेदेखि काठमाडौंमा भेरोसेलको दोस्रो डोज लगाइने भएको छ । 

स्वास्थ्य मन्त्रालयलका अनुसार पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्‍म चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने भएको हो । 

मन्त्रालयलका अनुसार काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइँदैछ । वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।

त्योसँगै नेपाल प्रहरी अस्पताल, महाराजगञ्‍ज, शसस्त्र प्रहरी अस्पताल, बलम्बु, बीर अस्पताल, रत्नपार्क, शिक्षण अस्पताल, महाराजगञ्‍ज, निजामती कर्मचारी अस्पताल बानेश्‍वर, परोपकार प्रसूतीगृह, स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा खोप केन्द्र तोकिएको छ ।


 

Last modified on 2021-09-18 07:08:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts