देशभर थप १० जनाको कोरोनाका कारण मृत्यु, १३ सय ५१ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, १ असोज । देशभर थप १० जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये १० जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर थप १५ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १३ सय ५१ जना स्वस्थ भएका छन् ।

यस्तै गत २४ घन्टामा थप ६० हजार १ सय ५९ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन् । 

हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ४ सय ९७ रहेको छ ।

Last modified on 2021-09-18 07:07:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts