कोरोनाविरुद्धको खोप लगाउनकोे संख्या १ लाख १५ हजार नाघ्यो, २४ घन्टामा १ लाखभन्दा बढीले लगाए खोप



Download our app to get more features

काठमाडौं, ३१ भदौ । नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ करोड १५ लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ लाख १० हजार ८ सय ९९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसँगै हालसम्म नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ करोड १५ लाख ३० हजार ३ सय ४५ पुगेको छ ।

जसमा ६ लाख ५७ हजार १ सय ९४ जनाले पहिलो मात्रा लगाएका छन् भने ५४ लाख ७३ हजार १ सय ५१ जनाले पूर्ण मात्र लगाएका छन् ।

यस्तै हाल देशभर २५ हजार ७ सय ७२ सक्रि यसंक्रमित रहेका छन् । जसमा २४ हजार २ सय २२ जना होम आइसोलेसनमा छन् भने १ हजार ५ सय ५० जना संस्थागत आइसोलेसनमा भर्ना छन् ।

यस्तै देशभर रहेका संक्रमितमध्ये ४ सय ७ जना आईसीयूमा छन् भने १ सय २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Last modified on 2021-09-17 07:01:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts