कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो, निको हुनेकोदर स्थिर
काडमाडौं, ३१ भदौ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको हो ।
यस्तै गत २४ घन्टामा देशभर थप १ हजार ५ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घन्टामा १५ हजार १ सय ७९ कोरोना परीक्षण गरिएको छ । जसमा ११ हजार २ सय ८ आरटी पिसिआर परीक्षण गर्दा १ हजार १ सय ६५ र ३ हजार ९ सय ७१ एन्टीजेन परीक्षण गर्दा ३ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ७ लाख ८१ हजार ९ सय ८९ जनामा कोरोना देखिएको छ भने एन्टीजेन विधिबाट ८८ हजार १ सय ८७ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये १ हजार ६ सय ८९ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ४५ हजार २ सय १५ पुगेको छ ।