नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट दैनिक ७३ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, ३१ भदौ । नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट दैनिक ७३ जनाको मृत्यु हुने गरेको छ ।

प्राथमिक स्वास्थ सेवा स्रोत केन्द्र रेस्फेकले आज काठमाडौंमा आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त जानकारी गराएको हो ।

 जारी गरेको वार्षिक प्रतिवेदनमा नेपालमा वर्षेनी २७ हजार अर्थात दैनिक ७३ जनाको  मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गरेको बताएको छ ।

प्रतिवेदनमा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उधमीहरूको हस्तक्षेपका कारण सुर्ती नियन्त्रण तथा नियमन ऐन २०६७ र नियमावली कार्यन्वयन हुन नसकेको बताएको छ ।

त्यस्तै रेस्फेकका महासचिव शान्तलाल मुल्मीले प्रतिवेदन प्रस्तुत गर्दै नेपाल सरकारले सुर्तीजन्य पदार्थमा कर लगाउन नसकेको,सुर्तीजन्य बस्तुको बट्टामा ९० प्रतिशत हानिकारक सन्देश दिने कुरा कार्यन्वयन गर्न नसकेको,सार्वजनिक स्थान मा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाईने कुरालाई कार्यन्वयन नगरेको र बालबालिकालाई सुर्तीजन्य पदार्थ नदिने भन्ने कुरा कार्यन्वयन गर्न नसकेको बताएका थिए ।

नेपालमा ३३ प्रतिशत जनताले सुर्ती सेवन गर्ने गरेको र यो दर ग्रामीण क्षेत्रमा ३९ प्रतिशत रहेको छ ।

त्यसैगरी ९८ प्रतिशतलाई सुर्तीजन्य सेवनबाट हुने हानीको बारेमा ज्ञान भएनी सुर्तीजन्य पदार्थ सेवन गर्ने गर्दछन् ।

त्यस्तै नेपालमा बर्सेनि सुर्ती सेवनमा मात्रै ४७ अर्ब खर्च हुने गरेको छ ।

Last modified on 2021-09-16 17:24:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts