नेपाल वायूसेवा निगमको जहाज चीनबाट खरिद गरिएको खोप ल्याउनका लागि आज बेइजिङ जादै



Download our app to get more features

काठमाडौं, ३१ भदौ । नेपाल वायूसेवा निगमको जहाज चीनबाट खरिद गरिएको खोप ल्याउन आज चीन जादैछ ।

सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप ल्याउन त्यसतर्फ जान लागेको हो । 

सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ । खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन नेपाल वायूसेवा निगमको वाइडवडी ३३० जहाज आज बेइजिङ जान लागेको हो । 

निगमका अनुसार आज साँझ ५ः४५ बजे जाने निगमको जहाज भोलि खोप लिएर काठमाडौं आइपुग्नेछ । 

भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुन्थ्यो । जसका कारण एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो । तर, अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएको छ । जसका कारण एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिने भएको हो ।

सरकारले पछिल्लो समय खोप अभियानलाई तीव्र गतिमा सञ्चालन गर्नका लागि चीन, अमेरिका लगायतका मुलुकबाट विभिन्न चरणमा खोप ल्याउँदै आएको छ ।

Last modified on 2021-09-16 16:12:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts