गेटा मेडिकल कलेज निर्माण सुरु गर्ने पुजारा फर्किए



Download our app to get more features

धनगढी, ३० भदौ ।  गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिको कार्यकारी निर्देशकमा फेरि हेमराज पुजारा आउने भएका छन्। कलेजको निर्माणमा महत्वपूर्ण भूमिका खेलेका पुजाराको राष्ट्रिय किताब खानाबाट फेरि गेटामै सरुवा भएको हो। अहिलेका कार्यकारी निर्देशक भीमबहादुर साउद भदौमै अवकास पाउँदैछन्।

‘मेडिकल कलेज सञ्चालनको प्रारुपबारे अझै टुंगो लागेको छैन,’ सरुवापछि पुजाराले भने, ‘सुरुमा प्रारुप टुंगो लगाउनुपर्ने जिम्मेवारी हामीसँग छ। भौतिक संरचनाको निर्माण त लगभग सकिएको छ। सुदूरपश्चिमवासीलाई मेडिकल शिक्षा र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्न चाँडो सुरुवात गर्छौँ।’ 

सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेज स्थापनाको छलफल सुरु भएको झण्डै १० वर्ष पुगिसकेको थियो। सरकारले ०६६ सालमा गेटामा मेडिकल कलेज स्थापनाको घोषणा ग¥यो। तर मेडिकल कलेज निर्माणको प्रक्रिया भने अगाडि बढ्न सकेन। शंकराचार्यले २०५६ मा जयन्त सरस्वती स्वर्ण महोत्सव ट्रस्ट स्थापना गरेकोमा त्यही वर्ष सरकारले गेटाको ७७ बिघा जमिन मेडिकल कलेज स्थापनाका लागि ट्रस्टका नाममा दिएको थियो।
तर उक्त जग्गा वन क्षेत्रमा थियो। त्यसपछि २०६९ सालतिर कलेजका लागि सरकारले ८० बिघा जग्गाको स्वामित्व हस्तान्तरण गरे पनि निर्माणको प्रक्रिया भने अगाडि बढ्न सकेन। मेडिकल कलेजको भोगाधिकारका लागि उपलब्ध गराइएको ८४ बिघा जमिनको पहिचान तथा नक्सांकनको काम भने भयो।

गेटास्थित सहिद संघारी भीमदत्त पन्त सामुदायिक वन उपभोक्ता समूहले मेडिकल कलेज खोल्न आफ्नो वनक्षेत्र दिने सहमति भने जनाएको थियो। तर जिल्ला वन कार्यालय कैलाली मेडिकल कलेज निर्माणका लागि तगारो बन्यो। जिल्ला वन कार्यालयले रुख कटानीको आदेश नै लामो समयसम्म दिएन। 

सोही समयमा दिनेश एफएमले गेटामै साझा मञ्च कार्यक्रम रेकर्ड गर्दा कार्यक्रमस्थलबाटै गएका स्थानीयले मेडिकल कलेज स्थापनामा वन तगारो बनेको भन्दै रुख नै काटिदिए। सो समयमा गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिको कार्यकारी निर्देशक डाक्टर भीमसिंह टिंकरी थिए। लामो समयको विवाद र छलफलकाबीच जग्गाको भोगाधिकार र प्रशासनीक भवन, सडक लगायतका संरचनाको निर्माणका लागि टेण्डर भएको थियो तर काम भने हुन सकेन।

सोही समयमा ०७२ साल असोज १६ गते मेडिकल कलेज पूर्वाधार विकास समितिमा कार्यकारी निर्देशक भएर आए, हेमराज पुजारा। उनी आउँदा सम्म मेडिकल कलेज निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङकनसमेत भएको थिएन् भने रुख कटानीको विवाद कायमै थियो। 

उनी आएको चार महिना भित्रै वातावरणीय प्रभाव मुल्याङकन भएको थियो भने त्यसको चार महिनापछि रुख कटानी सुरु भएको थियो। त्यसपछि मेडिकल निर्माणका लागि ५ सय ५३ वटा रुख काटिए। उनी आएकै वर्ष ६ वटा ठेक्का भए। उनले ०७६ बैशाखमा गेटा मेडिकल कलेजबाट सरुवा भएको थियो।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts