कोरोना जोखिमकाबीच स्वास्थ्य मापदण्डसहित कक्षा १२ को परीक्षा सञ्चालन
काठमाडौं, ३० भदौ । कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै सुरु भएको छ। कोरोना भाइरसको जोखिमका कारण दुईपटक स्थगित भइसकेको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरुको भौतिक उपस्थितीमै आज बुधबार बिहान ११ बजेबाट सुरु भएको हो।
देशभर ४ हजार ३१५ वटा परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षा असोज ८ गतेसम्म चल्नेछ। परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गराएर मात्रै कक्षाकोठामा प्रवेश गर्न दिइएको बताइएको छ ।
आजबाट सुरु भएको परीक्षामा देशभरबाट करिब पौने ४ लाख विद्यार्थी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
कोरोना भाइरसको जोखिमका कारण जेठ २६ देखि असार ४ र साउन ३१ देखि भदौ ९ गतेसम्म दुई पटक कक्षा १२ को परीक्षा स्थागित भएको थियो।
Last modified on 2021-09-16 07:37:01