अमेरिकाबाट राष्ट्रिय आविष्कार केन्द्रले ल्यायो ४ वटा फ्रिजर



Download our app to get more features

 काठमाडौं,३० भदौ । राष्ट्रिय आविष्कार केन्द्रले अमेरिकाबाट  ४ वटा फ्रिजर ल्याएको छ । 

केन्द्रले कोभिडविरुद्धको खोप फाइजर र मोडर्ना भण्डारण गर्न मिल्ने अति चिसो तापक्रमवाला (अल्ट्रा लो ट्याम्प्रेचर) फ्रिजर ल्याएको हो ।

आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनका अनुसार यी फ्रिजहरु कोरोनाको सहयोगार्थ भनेर अमेरिकामा संकलन गरिएको रकम बाट नै किनेर ल्याईएको हो । 

यी फ्रिजहरु अति चिसो तापक्रम चाहिने खोपहरु राख्नको लागि  प्रयोग हुनेछन ।  ढुवानी र भन्सार सहित यिनीहरुको मुल्य २९  लाख २० हजार रुपैयाँ परेको पुनले जानकारी दिएका छन् । 

पुनले  समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'नेपाल सरकारले छिट्टै १ लाख थान फाईजर भ्याक्सिन र पछि लाखौं डोज मोडर्ना पनि ल्याउन लागेको रहेछ । नेपाल सरकारको  देश भरि नै सजिलै संग यस्ता भ्याक्सिनहरु पुर्याउन अथवा भण्डार गरेर छिटो भन्दा छिटो खोप लगाउने काममा  अलिकति भए पनि सहयोग गर्ने उदेश्यले यी फ्रिजहरु ल्याइएका हुन ।  यसबाहेक भविष्यमा कुनै संस्थाले कोरोनाको भ्याक्सिन किनेर आम नागरिकहरुलाई वितरण गर्न चाहेमा पनि प्रयोग गर्न दिइने छ।' 

Last modified on 2021-09-15 14:40:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts