१२ वटा जिल्लामा कोरोनाका ५ सय बढी सक्रिय संक्रमित,थप १९ जनाको मृत्यु
काठमाडौं, २९ भदौ । नेपालमा थप १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १९ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ९ सय ८४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २ सय २ रहेको छ । जसमा २४ हजार ६ सय ९० जना होम आइसोलेसनमा छन् भने १ हजार ५ सय १२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
त्यस्तै देशभर हाल १२ वटा जिल्लामा कोरोनाका ५ सय बढी सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ४ सय ५३ जना आईसीयूमा उपचाररत छन् भने १ सय ३७ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।
त्यस्तै गत २४ घन्टामा देशभर ८८ हजार १ सय ८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन । योसँगै कोरोना विरुद्धको दुबै डोजको खोप लगाउने संख्या ५२ लाख ४३ हजार २ सय ३६ पुगेको छ ।