भरतपुर अस्पतालले भन्योः कोरोनाको जोखिम कायमै छ, भीडभाड नगरौं



Download our app to get more features

चितवन, २९ भदौ । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालले कोभिड संक्रमणको दर घट्दै गएको भएता पनि जोखिम भने कायमै रहेको भन्दै सबैलाई सचेत रहन आह्वान गरेको छ ।

अस्पतालले सोमबार एक प्रेस–विज्ञप्ति जारी गर्दै सो आह्वान गरेको छ । अस्पतालले आफ्नो सेवा ग्राहीहरूलाई सेवा लिन आउँदा एवम् अन्य अवस्थामा समेत सम्पूर्ण नागरिकहरुलाई त्रसित नभई उच्च सतर्कताका साथ जनस्वास्थ्यका मापदण्डहरु पूर्णरुपमा पालनागरी सुरक्षित रहनुहुन अपिल गरेको छ ।
 
अस्पतालका प्रवक्ता डा. युवानिधि बसौलाद्धारा जारी विज्ञप्तिमा भनिएको छ – ‘भरतपुर अस्पतालमा कोभिड संक्रमणको दर घट्दै गएको भएता पनि जोखिम कायमै रहेकोले जनस्वास्थ्यका मापदण्ड-साबुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने तथा मास्कको अनिवार्य प्रयोग गर्ने, भीडभाडमा नजाने आदि पूर्णरुपमा पालना गरेर संक्रमण फैलिने सम्भावनालाई कम गर्न आब्हान गर्दछौं ।’

देशको मध्यभागमा अवस्थित यस भरतपुर अस्पतालमा सेवा ग्राहीहरूको प्रायः भीडभाड नै रहने गर्दछ । यहाँ चितवनसहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, वारा, तनहुँ, लम्जुङ, रुपन्देही सहितका १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।

अहिले जिल्लाभर सात सय हाराहारी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्य २८ जना यहाँका अस्पतालमा उपचाररत् छन् । बाँकी संक्रमित भने होम आइसोलेसनमा छन् । संक्रमित मध्य जिल्लाभर सोमबार दिउँसोसम्म ४ सय ५ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

Last modified on 2021-09-14 13:12:01

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts