नेपालमा ३.४२ प्रतिशत सक्रिय सक्रमित,थप १६ जनाको मृत्यु
काठमाडौं, २८ भदौ । नेपालमा थप १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १६ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ९ सय ६५ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ३० रहेको छ । जसमा २४ हजार ९ सय ५८ जना होम आइसोलेसनमा छन् भने १ हजार ६ सय ७२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ४ सय ७५ जना आईसीयूमा उपचाररत छन् भने १ सय ३४ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।
त्यस्तै गत २४ घन्टामा देशभर ९१ हजार ८ सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन । योसँगै कोरोना विरुद्धको दुबै डोजको खोप लगाउने संख्या ५१ लाख ५८ हजार १ सय ९३ पुगेको छ ।