बीपी प्रतिष्ठानमा जारी आन्दोलन रोक्न स्वास्थ्य मन्त्रालयको आग्रह



Download our app to get more features

काठमाडौं, २७ भदौ । सरकारले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । जनताको स्वास्थ्य सेवा जस्ता मौलिक हक अवरुद्ध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको हो । 

स्वास्थ्यकर्मीले प्रतिष्ठानमा गत २० गतेबाट इमर्जेन्सी, कोभिड सेवा र पूर्वनिर्धारित कार्यक्रमबाहेक अन्य सेवाहरू स्थगित गरेका छन् । आन्दोलनरत पक्षले उठाएका धेरै मागहरू सम्बोधन भइसकेको र अन्य माग पनि सम्बोधन क्रममा रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले पदाधिकारीको कारबाही प्रक्रिया सिनेटबाटै अघि बढाइने, अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्ने, अख्तियारले छानबिन अगाडि बढाएको लगायतका आठ विषयमा विज्ञप्तिमा जानकारी दिएको छ । 

सरकारले छानविन लगायतका प्रक्रिया अगाडि बढाएपछि रजिष्ट्रार डाक्टर मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत समेत भइसकेको छ । 

प्रतिष्ठान शुद्धीकरणको माग राख्दै तीन महिनादेखि आन्दोलन भइरहेको छ । सुशासन, पारदर्शिता र स्वास्थ्य सेवामा सुधार लगायतका १२ बुँदे माग राख्दै त्यहाँ कार्यरत चिकित्सक, कर्मचारी र विद्यार्थीले आन्दोलन गरिरहेका हुन् । 

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा नौ सदस्यीय समिति पनि गठन गरेको थियो । समितिको छानविन प्रतिवेदन कार्यान्वयन नभएको आन्दोलनरत चिकित्सकको आरोप छ ।

No photo description available.

Last modified on 2021-09-12 19:46:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts