डोटी र अछाममा निःशुल्क प्लाष्टिक सर्जरी शिविर सञ्चालन हुने
धनगढी, २६ भदौ । डोटी र अछाममा निःशुल्क प्लाष्टिक सर्जरी शिविर सञ्चालन हुने भएको छ ।
कीर्तिपुर अस्पतालको आयोजना तथा स्माइल ट्रेन र रिसर्ज ईन्टरनेशनलको सहयोगमा फेक्ट नेपाल तथा कीर्तिपुर अस्पतालको प्राविधिक सहयोगमा जिल्ला अस्पताल डोटी र बयलपाटा अस्पताल अछाममा निःशुल्क प्लाष्टिक सर्जरी शिविर सञ्चालन हुने भएको हो ।
शिविरमा ओठ तथा तालु चिरिएका, खुडे तथा आगोले पोलेर एक भाग अर्को भागसँग जोडिएको कुँजो भएका मानिसहरूको उपचार गरिने आयोजक संस्थाकातर्फबाट हरिकृष्ण अधिकारीले जानकारी दिए ।
डोटी जिल्ला अस्पतालमा भदौ २६, २७ र २८ गते उपचार गरिने छ । यस्तै बयलपाटा अस्पतालमा भदौ २९ गते शिविर संचालन गरिने जनाइएको छ ।