स्टार हस्पिटलद्धारा साइकल यात्रीहरुलाई विदाई
काठमाडौं, २६ भदौ । स्टार हस्पिटल लि. सानेपा हाईट–२, ललितपुरले विश्व साइकल यात्री पुस्कर शाहको नेतृत्वमा “सम्वन्ध जोडौं, देश घुमौं" भन्ने नाराका साथ इलामको श्री अन्तु बाट मुगु जिल्लाको रारा ताल सम्म हुुन गईरहेको वृहत साइकल यात्रा कार्यक्रममा सहभागी साइकल यात्रीहरुलाई शुभकामना सहित विदाई गरेको छ ।
बिहीबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच, अस्पतालका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतीले सामुहिक रुपमा खादा र नगद सहयोगका साथ यात्रा सफलताको शुभकामना दिँदै विदाई गरेका थिए । कार्यक्रममा साइकिलिङ्गको महत्वको बारेमा प्रकाश पार्दै, उक्त साइकल यात्रा २८ दिनको रहने जानकारी दिइएको थियो ।
स्टार हस्पिटलले निरन्तर रुपमा खेलकुद गतिविधि तथा सामाजिक कार्यमा संलग्न सरोकारवाला निकायहरुसँग सहकार्य गरी कार्य गर्दै आइरहेको छ ।