शिक्षक अस्पताल बनाइने : अर्थमन्त्री शर्मा
काठमाडौं, २५ भदौ । शिक्षकहरुको स्वास्थ्य उपचारका लागि सरकारले छुट्टै अस्पताल बनाउने भएको छ।
यसका लागि अध्ययन गरिने अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बताए । शुक्रबार बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै उनले त्रिचन्द्र कलेज र घण्टाघरलाई पुरानै तरिकाले पूनर्निर्माण गरिने पनि बताए।
संसदमा उनले गुणस्तरीय शिक्षाका लागि विद्यालय नक्शांकन गरिने बताए। शिक्षाको गुणस्तरका लागि विस्तृत योजना बनाई कार्यान्वयनमा ल्याइने बताउँदै अर्थमन्त्री शर्माले प्राविधिक शिक्षा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रम तय गरिएको बताए।
Last modified on 2021-09-10 16:41:55