नारायणी अस्पतालमा कोरोना संक्रमितको संख्या शून्य, पछिल्लो १ महिनामा २ जनामात्र सक्रिय संक्रमित
काठमाडौं, २५ भदौ । नारायणी अस्पतालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै घटेको छ । अस्पतालमा पछिल्लो १ महिनामा सक्रिय कोरोना संक्रमितको संख्या २ जना मात्र रहेको अस्पतालका कोभिड संयोजक डा. उदय सिंहले बताए ।
आस्पतालमा पछिल्लो समय कोरोना भाइरसको बिरामी भर्ना नभएको उनले बताए । अहिले अस्पतालमा उपचाररत दुई जनाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको डा. सिंहले बताए ।
अस्पतालमा बारा, पर्सा, रौतहट लगाएतका जिल्लाबाट कोभिड परीक्षणको लागि नमुना संकलन गरी दैनिक ३०/ ४० को हाराहारीमा कोरोना परीक्षण गर्दा पनि २/३जनामा मात्र कोभिड पोजेटिभ देखिने गरेको उनले बताए ।
पछिल्लो समय बारामा जारी निषेधाज्ञा हटाइएको र सबै क्षेत्रहरु सहज रुपमा सञ्चालन भएको छ । विद्यालय लगायत मानिसहरूको भिडभाड बढी हुने ठाउँ खुलेसँगै कोभिडको संक्रमण फेरि बढ्न सक्ने डाक्टरहरु बताउँछन् ।