मातृका आँखा अस्पतालको भवनमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि



Download our app to get more features

काठमाडौं, २४ भदौ । मध्यबानेश्वरस्थित मातृका आँखा अस्पतालको भवनमा  भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले एउटा थोत्रो मोबाइलमा तार जोडेर टाइमर जस्तो देखिएको बताए। त्यो नक्कली बम डिस्पोज भइसकेको उनले जानकारी दिए।

बिहीबार बिहान मातृका आँखा उपचार केन्द्रको तेस्रो तलाको शौचालयमा शंकास्पद वस्तु भेटिएपछि सिंहसहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। उक्त वस्तु कसले राख्यो भन्ने बारे अनुसन्धान अगाडि बढेको प्रमुख सिंहले बताए।

Last modified on 2021-09-09 15:33:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts