मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला
काठमाडौं, २४ भदौ । काठमाडौंको सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको छ। बिहीबार उक्त स्थानमा शंकास्पद वस्तु फेला परेको हो ।
अस्पतालको तेस्रो तलामा टाइमरजस्तो देखिने शंकास्पद वस्तु फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।
विष्फोटक पदार्थ होकी होइन भन्नेबारे नेपाली सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरिरहेको एसएसपी सिंहले बताए ।
Last modified on 2021-09-09 15:33:38