प्रजनन स्वास्थ्यसम्वन्धी परियोजना सुरु

What's This?


Download our app to get more features

इलाम, ११ चैत । युवा किशोर/किशोरीको सवलीकरणमार्फत उनीहरूको यौन तथा प्रजनन स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले इलाम नगरपालिकासहित पाँच गाविसमा यौन स्वास्थ्य र शिक्षासम्बन्धी परियोजना सुरु भएको छ । स्थानीय एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) ललितपुरले नेदरल्यान्डको सिमाभी गैरसरकारी संस्थाको सहयोगमा परियोजना सुरु गरेको हो । 

परियोजनाले किशोर/किशोरीको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, नसर्ने रोगका कारण रोकथाम तथा नियन्त्रणका उपाय, बाल विवाह नियन्त्रण, स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको व्यवस्थापनजस्ता विषयमा काम गर्ने बताइएको छ । नगरपालिकासहित नयाँबजार, नामसालिङ, सोयाङ, प्याङ र जोगमाई गाविसमा कार्यक्षेत्र बनाएर परियोजनाले काम गर्ने परियोजनाकी फिल्ड संयोजक सुजना मगरले बताए । 

तेह्र महिनासम्म सञ्चालन हुने परियोजनाका लागि ४५ लाख रुपैयाँ खर्च हुने बताइएको छ । परियोजना सञ्चालन भएका नगरपालिका र गाविसमा यौन स्वास्थ्य एवम् शिक्षाका बारेमा समुदायस्तरमा गएर स्वास्थ्य क्षेत्र सुधारका लागि अध्ययन, अनुसन्धान, जानकारी र सन्देशमुलक सामग्रीको माध्यमबाट जनचेतना अभिवृद्धि, वकालत, तालिम तथा गोष्ठी आयोजना गर्ने, सामाजिक परिचालनमार्फत आमनागरिकको स्वास्थ्य जीवनशैली र व्यवहार परिवर्तनका एकीकृत कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । 

यस परियोजनाबाट १३ हजार किशोर÷किशोरी र तिनीहरुका परिवार सदस्य, अभिभावकसहित समुदायका करिब ४० हजार व्यक्ति लाभान्वित हुनेछन् । 

रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts