नारायणी बयोधा अस्पतालले उपचारमा लापरवाही गरेको गुनासो
रौतहट, २४ भदौ । नारायणी बयोधा अस्पताल बिरगंजले गर्न नसकेको उपचार चन्द्रपुर हस्पिटलले गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित चन्द्रपुर हस्पिटलले नारायणी बयोधा अस्पतालले गर्न नसकेको उपचार गरेको हो । गत जेठ ३ गते महिला उत्थान मंच एम्बुलेन्सका चालक गोबिन्द प्रसाद चौधरी चन्द्रपुर ७ नयाँबस्तीबाट चन्द्रनिगाहपुर आउने क्रममा चन्द्रपुर–८ बैजनाथपुरमा टायरगाँढामा ठोक्किएर दुर्घटनामा परेका थिए ।
दुर्घटनामा परेपछि एम्बुलेन्सको सिसाले उनको बाँया हातमा गहिरो घाउ भएको थियो । उनलाई उपचार गराउने क्रममा नारायणी बयोधा अस्पताल बिरगंज लगिएको थियो । करिव १६ दिनको लगातार उपचारपछि उनलाई घर फर्काइएको थियो ।
अस्पतालले बेलाबेलामा चोकजाँचको लागि बोलाईरहेको उनको भनाइ रहेको छ । उपचार पछि १ देखि डेढ महिनामा उनको हातको घाउ निको भएपनि बेलाबखतमा दुख्ने,घाउबाट पानि निस्किने समस्या आएपछि उनले चन्द्रपुर हस्पिटलका बरिष्ठ डा.सुभास चौधरी संग सल्लाह गरे तेसपछि डा.चौधरीले उपचार गरेको घाउलाई पुनः उपचार गर्दा २ बटा सिसाका टुक्रा निकालेको आफ्नै आखाले देखेको संयुक्त एम्बुलेन्स चालक समितिका रौहतट जिल्ला अध्यक्ष लालबाबु साहले जानकारी दिएका हुन् ।
उनले लाखौं खर्चेर नारायणी बयोधा अस्पतालमा उपचार गराएपनि सो अस्पतालले उपचारमा ठुलो लापरबाही गरेको गुनासो गरे । हामी स्वास्थ्य क्षेत्रसँग सम्बन्धित भएर पनि स्तरीय उपचार पाउन सकेनौ भने आम मान्छेले कसरी सेवा पाउछ भन्ने अध्यक्ष साहको गुनासो रहेको छ । उनले यस्ता विषयमा सम्बन्धित निकायको ध्यान जान नसकेको बताउँछन् । सो अस्पतालले यस्तो लापरबाही ढंगबाट उपचार गरेर कसैको ज्याननै गयो भने जिम्मा कसले लिने भन्ने प्रश्न उठाएका छन् । यस किसिमको विषयमा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको अध्यक्ष साहको भनाई रहेको छ ।