चितवनमा कोरोनाका सक्रिय संक्रमितको संख्या घटेर ८ सय ४९ पुग्यो, गत २४ घण्टामा मृत्यु पनि शून्य



Download our app to get more features

चितवन, २३ भदौ । चितवनका सातवटै स्थानीय तहमा  कोरोनाका सक्रिय संक्रमितको संख्या केही सातायता निरन्तर घटेको छ ।

भदौ पहिलो साता जिल्लाभर २५ सय हाराहारी रहेको संक्रिय संक्रमितको संख्या बुधवार दिउँसोसम्म घटेर ८ सय ४९ जना पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

संक्रमण घट्यो, जोखिम भने कायमै !

संक्रमणदर घटे पनि लकडाउन खुकुलो भएको कारण जोखिम भने कायमै रहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले बताए । अहिले लकडाउन खुकुलो भएता पनि अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने जस्ता स्वास्थ्यका नियमहरूलाई राम्रोसँग पालना गर्न समेत स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले सबैलाई अनुरोध गरेका छन् ।

गत २४ घण्टामा जिल्लाभर मृत्यु शून्य !

गत २४ घण्टामा जिल्लामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या शून्य रह्यो । यहाँका विभिन्न अस्पतालमा उपचाररत चितवनका सहित बाहिरी जिल्लाका समेत गरी केही दिनयता औसत ३–४ जनासम्मको मृत्यु हुने गरेको थियो ।

अहिले जिल्लाभर कहाँ कति छन् सक्रिय संक्रमित ?

जिल्लामा सबैभन्दा बढी सक्रिय संक्रमित रहेका भरतपुर महानगरपालिकामा अहिले ५ सय ९६ जना छन् । त्यसो त जिल्लाकै एकमात्रै गाउँपालिका इच्छाकामनामा सबै भन्दाकम ५ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, अन्य स्थानीय तहमा खैरहनी नगरपालिकामा २६ जना, कालिका नगरपालिकामा २४ जना, राप्ती नगरपालिकामा ३१ जना, माडी नगरपालिकामा ७८ जना र रत्ननगर नगरपालिकामा ८९ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

८ सय जना होम आइसोलेसनमा, ४९ जना अस्पताल भर्ना

जिल्लाका सक्रिय संक्रमित मध्ये ८ सय जना होम आइसोलेसनमा छन् । ४९ जना अस्पताल भर्ना भई उपचाररत् रहेका छन् भने संस्थागत आइसोलेसन भने खाली रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कुल संक्रमितको संख्या २५ हजार नाघ्यो !

जिल्लाभर बुधवार दिउँसोसम्म कोरोना संक्रमित हुनेको कुल संख्या २५ हजार ८४ पुगेको छ । संक्रमित हुनेमा १३ हजार ५ सय ३० जना पुरूष र ११ हजार ५ सय ४२ जना महिला रहेका छन् । जसमध्ये जिल्लाभर मात्रै अहिलेसम्म २३ हजार ८ सय ३१ जना कोरोना भाइरस संक्रमणमुक्त भई निको भएका छन् ।

जिल्लाभर संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ४ पुग्यो

जिल्लाका संक्रमित मध्ये अहिलेसम्म ४ सय ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका भित्रका सबै भन्दाबढी २ सय ५३ जना छन् । त्यस्तै, सबै भन्दाकम इच्छाकामना गाउँपालिकाको ३ जना छन् । बाँकी एकसय ४८ जना जिल्लाका अन्य पालिकाका रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

Last modified on 2021-09-09 05:27:05

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts