सेती अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
धनगढी, २२ भदौ । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालीका–१६ का ६० वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।
भेन्टिलेटरमा उपचाररत उनको मंगलबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै मंगलबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११६ जनाको नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए। हाल अस्पतालमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।