५० लाख बढीले लगाए कोरोनाको पूर्ण खोप,थप २१ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, २२ भदौ । नेपालमा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २१ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ८ सय ७९ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३ सय ३० रहेको छ । जसमा २८ हजार ३ सय १४ जना होम आइसोलेसनमा छन् भने १ हजार ९ सय ८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ५ सय १४ जना आईसीयूमा उपचाररत छन् भने १ सय ५४ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।

त्यस्तै गत २४ घन्टामा देशभर ८० हजार ४ सय जनाले कोरोनाविरुद्धको खोप लगाएका छन । योसँगै कोरोना विरुद्धको दुबै डोजको खोप लगाउने संख्या ५० लाख १२ हजार ८ सय २१ पुगेको छ । 
 

Last modified on 2021-09-08 11:25:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts