भेरी अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

काठमाडौं, २२ भदौ ।  भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार सल्यान, दर्मा गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया महिला र दाङ, शान्तिनगर गाउँपालिका वडा नम्बर १ की ५८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

सल्यान ६ की ३० वर्षिया महिलाको मंगलबार बिहान १ बजेर ३० मिनेटमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।

भेरी अस्पतालमा गत असार १७ गते भर्ना भएकी उनलाई भोलिपल्ट कोरोना पोजेटिभ देखिएको थियो। लामो समयसम्म उपचार गर्दा पनि कुनै सुधार नआएपछि मङ्गलवार मृत्यु भएको वलीले बताए। 

यस्तै दाङ, शान्तिनगर १ की ५८ वर्षीया महिलाको पनि सोमबार राती मृत्यु भएको थियो। भेरी अस्पतालमा यही भदौ ४ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएपछि सोही दिन भर्ना गरिएको थियो। 
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार यो सँगै जिल्ला बाहिरबाट उपचारका लागि बाँकेका अस्पतालमा आएका ४०३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने बाँकेका मात्रै ३२९ जनाको हालसम्म मृत्यु भइसकेको छ। 

केही दिन यता संक्रमणबाट मृत्यु हुनेको संख्या घटेकोमा हाल फेरी भेरी अस्पतालमा मृत्यु हुने क्रम बढ्न थालेको अस्पतालले जनाएको छ। 

Last modified on 2021-09-07 13:06:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts