आज काठमाडौंका विभिन्न अस्पतालमा कोभिड खोप लगाइँदै
काठमाडौं, २२ भदौ । आज काठमाडौंका विभिन्न अस्पतालमा कोभिड विरुद्धको खोप लगाइँदै छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौंमा आज भेरोसेल, एस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सनको पहिलो र दोस्रो डोज लगाउन लागिएको हो ।
प्रहरी अस्पतालमा भेरोसेल र एस्ट्राजेनेका र सेनाको अस्पतालमा भेरोसेल र जोन्सन एन्ड जोन्सन खोपको पहिलो र दोस्रो मात्रा दिइने भएको छ ।
यस्तै समाखुसीको राधास्वामी आइसोलेसन सेन्टर, वीर अस्पताल, प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताल र निजामती अस्पतालमा एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइने भएको छ।
Last modified on 2021-09-07 13:06:27