मानसिक समस्या भएकाहरुलाई मनोपरामर्श सेवा दिँदै 'माई सिरानी'



Download our app to get more features

काठमाडौं, २१ भदौ । कोरोना महामारीका कारण मानसिक स्वास्थ्यमा समस्या भएकाहरुलाई परामर्श दिनकालागि माई सिरानीले परामर्श दिन थालेको एक वर्ष भएको छ ।

कोरोना महामारीका कारण मानिसहरुमा मानसिक समस्या देखिन थालेपछि उनीहरुलाई सामाजीक सञ्जालको प्रयोग गरेर मनोपरामर्शदाता निष्मा ढुंगाना चौधरीलगायतको टिमले मनोपरामर्श दिन थालेको हो ।

मेरो सिरानी टिमका अजय पाण्डेका अनुसार २०२० मे २१ बाट इन्स्टाग्रामबाट सुरु गरिएको मनोपरामर्श दिने काम अझै जारी छ । मनोपरामर्श दाता चौधरीले साइकोलोजिमा स्नातकोत्तर गरेको र उनले आफ्नो नेतृत्वमा मनोपरामर्श दिन सुरु गरेकोमा हाल १३ जना टिममा सहभागि छन् ।

मनोचिकित्सक डा.प्रदिप पाण्डेसहित अन्य मनोपरामर्शदताहरुले मानसिक समस्या भएकाहरुलाई सेवा दिँदै आएको पाण्डेले बताए ।

हालसम्म ५ सयभन्दा बढीलाई मनोपरार्श दिइएको पनि पाण्डेले बताए । 

उनले विशेषगरी कोरोना महामारीमा जागिर गुमाएका, आर्थिक रुपले समस्यामा भएका, सम्बन्धका कारण पीडितहरु, तनाव कम गर्न, एन्जाइटी भएकाहरुलाई मनोपरामर्श दिने गरिएको पनि बताए ।

पाण्डेका अनुसार मानसिक समस्या भएकाहरुमध्ये अधिकांश १८ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरु रहेका छन् । 

मोबाइल एप, इन्स्टाग्राम र वेबसाइटको माध्यमबाट मनोपरामर्श सेवा लिन सकिने पनि उनले बताए । 

च्याटका लागि ५ सय रुपैयाँ र भिडियोमाध्यमबाट परामर्श लिनेका लागि एक हजार शुल्क तोकिएको पनि पाण्ेडेले जानकारी दिए 

Last modified on 2021-09-06 11:15:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts