‘एनएमए नेशनल हेल्थ समिट’ असोज ९ मा हुने

What's This?


Download our app to get more features

काठमाडौं, २० भदौ । नेपाल चिकित्सक संघले ‘एनएमए नेशनल हेल्थ समिट’ असोज ९ मा हुने बताएको छ ।

कोरोना महामारीकाबाट भोगेका र सिकेका विषयमा छलफल गरेर आगामी दिनमा महामारीसम्बन्धी आवश्यक नीति र स्वास्थ्य पूर्वाधार तयार गर्न टेवा पुर्याउने उदेश्यले नेपाल चिकित्सक संघको आयोजनामा ‘एनएमए नेशनल हेल्थ समिट २०२१’ गरिने भएको छ ।

संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार जर्नल अफ नेपाल मेडिकल एशोसिएसन प्रकाशन सुरुवात भएको महिना पारेर प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रुपमा यस्तो समित गर्न लागिएको हो ।

यो वर्ष आगामी असोज ९ गते शनिबार अर्थात २५ सेप्टेम्बरका दिन कार्यक्रम आयोजना गरिने संघले आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो ।

"PANDEMIC PREPAREDNESS IN NEPAL"  नाराका साथ समिट गरिने भएको छ ।
 
सम्मेलनका लागि संघले पूर्व अध्यक्ष केदारनरसिंह केसी अध्यक्ष र डा. अन्जनीकुमार झा सहअध्यक्ष रहेको आयोजन समिति र डा. कुसुम थापाको संयोजकत्वमा वैज्ञानिक समिति बनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष डा. लोचन कार्कीले महामारी नियन्त्रण र सेवा प्रवाहका क्रममा स्वास्थ्य प्रणाली र आम नागरिकका भोगाई र सिकाईका आधारमा भावी नीति तर्जुमा गर्न सरकारलाई सहयोग गर्ने उद्देश्यले यस्तो कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

समिटमा प्रस्तुत कार्यपत्र, विज्ञ विचार र प्रश्नका आधारमा सारांश तयारगरी सरकारका विभिन्न निकाय र मन्त्रालयमा बुझाउँने योजना रहेको पनि बताए ।

डा. कार्कीले सम्मेलन संघको क्यालेन्डर इभेन्टका रुपमा आयोजना गरिने भएकोले आगामी वर्षको समिटमा यो वर्षका निष्कर्ष र तीनको नीतिगत कार्यान्वयनसमेत फलोअप गरिने उनको भनाइ छ ।

आयोजक समितिका सह–अध्यक्ष डा. अन्जनीकुमार झाले संघले लामो समयदेखि आयोजना गर्ने सोच राखेको यस समिटलाई सफल गराउँने अग्रसरता वर्तमान कार्यकारिणी समितिले लिएको भन्दै त्यसको प्रशंसा गरे । 

उनले चिकित्सक संघको वर्तमान नेतृत्वले महामारीमा उल्लेखनीय काम गरेको र यसका क्रममा भोगेका अनुभव र देशभरका आम चिकित्सकले महामारीमा भोगेका समस्याबाट सिकेर आगामी दिनमा मार्गदर्शन हुनेगरी समिटको विषय महामारीसम्बन्धी नै छानिएको समेत बताए ।

संघका महासचिव डा. बद्री रिजालले  समिटका लागि गठित आयोजक समितिले शैक्षिक गतिविधिहरु तयार गरी आवश्यक कार्य तिब्रताका साथ अगाडी बढाईरहेको जानकारी दिए ।

यसपटक सम्मेलनका लागि ५ वटा छलफलका मुख्य विषय छानिएका छन् । जसमा स्वास्थ्यमा सुशासन र नेतृत्व, मानव संशाधन र सेवा प्रवाह, कोभिड १९ खोप र नेपाल सरकारको रणनीति, महामारीमा बहुपक्षीय समन्वय, अवसर, चुनौती र सिकाई, महामारीमा सेवा प्रवाह र आवष्किार मुख्य विषय छन् ।  

डा. रिजालका अनुसार समिटका समूहगत छलफलका विषयलाई राष्ट्रिय टेलिभिजन एवं सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रशारण गरिनेछ । वैज्ञानिक सत्रका लागि ५ वटा मुल विषय छनौट गरिसकिएको र ती विषयमा छलफलका लागि अध्यक्ष, सह–अध्यक्ष, प्यानलिस्ट, स्पिकर र मोडरेटरसमेत छानी सकिएको संघले जनाएको छ ।

वैज्ञानिक समितिकी संयोजक डा. कुसुम थापाले  यो वर्ष विषय र सहभाी छनौट गर्दा महामारीमा काम गरेका र जिम्मेवारी लिएकाहरुमा बढी केन्द्रीत भएको बताए ।

डा. कार्कीले प्राकृतिक विपत्ति, कोभिड–१९ जस्ता महामारीहरुको उचित समाधान, व्यवस्थापन र सामना गर्ने रणनीतिमूलक नीतिगत सुझाव नेपाल सरकार लगायत सरोकारवाला निकायमा सम्प्रेषण गरिने समेत बताए ।

यसले नेपालको स्वास्थ्य प्रणाली सुधार गर्दै जारी रहेको कोरोना महामारी र आगामी दिनमा पनि आउँनसक्ने यी र यस्तै स्वास्थ्य संकटका सामना गर्न सवल स्वास्थ्य प्रणाली निर्माणका लागि टेवा पु¥याउने संघले विश्वास लिएको छ ।

Last modified on 2021-09-05 17:05:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts