नर्सिङ काउन्सिलले लिएको लाइसेन्स परीक्षामा ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं,२० भदौ । नेपाल नर्सिङ काउन्सिलले लिएको नर्सिङ तथा मिडवाइफ्रि विषयको लाइसेन्स परीक्षामा ८९ प्रतिशत उत्तीर्ण भएका छन् ।
काउन्सिलले लिएको लाइसेन्स परीक्षामा नर्सिङ तर्फ ८८ दशमलब ५९ र मिडवाइ फ्री तर्फ ९० प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ।
लाइसेन्स परीक्षामा सहभागी हुनका लागि मिडवाईफ्री तर्फ १० जना र नर्सिङ तर्फ ५ हजार ६ सय २१ जनाले फारम भरेका थिए ।
फारम भरेकामध्ये नर्सिङ तर्फ ४ हजार ९ सय ४७ जना उत्तीर्ण भएका छन् भने मिडवाईफ्री तर्फ ९ जना उत्तीर्ण भएका छन् ।
काउन्सिलले पुनर्योग (रिटोटल)का लागि परिक्षाको नतिजा प्रकाशित भएको मितिले ३५ दिन भित्र निवेदन दिन भनेको छ । शनिबार भएको परीक्षा नर्सिङ तर्फ २७ औँ हो भने मिडवाईफ्री तर्फ ४ औँ हो ।
Last modified on 2021-09-05 16:44:36