एमाले अध्यक्ष ओली अस्वस्थ, अत्यावश्यकबाहेकका भेटवार्ता बन्द
काठमाडौं, १९ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। ओली अस्वस्थ्य भएपछि अत्यावश्यकबाहेकका सबै भेटवार्ता बन्द गरिएको उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए।
‘उहाँलाई सामान्य ज्वरो आएको छ‚’ उनले भने‚ ‘अत्यावश्यकबाहेकका सबै कार्यक्रमहरु बन्द गरिएको छ।’
सरकारबाट बहिर्गमन र पार्टी विभाजनपछि ओली पछिल्लो समय पार्टीको गतिविधिमा सक्रिय भएर लागेका थिए।
Last modified on 2021-09-04 17:43:30