नेपालमा ४७ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप,थप २३ जनाको मृत्यु



Download our app to get more features

 काठमाडौं, १८ भदौ । नेपालमा थप २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २३ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ८ सय ९ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ६ रहेको छ । जसमा ३० हजार ६ सय ६२ जना होम आइसोलेसनमा छन् भने २ हजार ३ सय ६४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ५ सय ४० जना आईसीयूमा उपचाररत छन् भने १ सय ५६ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।

त्यस्तै गत २४ घन्टामा देशभर १ लाख ६४ हजार ३ सय २ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन । योसँगै कोरोना विरुद्धको दुबै डोजको खोप लगाउने संख्या ४७ लाख ९५ हजार ३ सय ७३ पुगेको छ । 
 

Last modified on 2021-09-03 19:51:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts